३ जेष्ठ २०८१, बिहीबार

प्रदेश प्रमुख मल्ल अस्वस्थ



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन् । छातीमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । ७१ बर्षिय प्रदेश प्रमुख मल्लको अहिले धनगढी स्थित निर्सग अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको छ । उनको उपचारमा अहिले ४ जना चिकित्सक संलग्न छन् ।

धनगढीको निर्सग अस्पतालले प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था चिन्ताजनक भएको जनाएको छ । आइतबार साझँ विज्ञप्ति जारी गर्दै अस्पतालले रगतमा सङ्क्रमण भएको र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएको भन्दै अवस्था चिन्ताजनक भएको जनाएको हो ।

अस्पतालका प्रशासकीय अधिकृतद्धारा जारी विज्ञप्तिमा स्वास्थ्य सामान्य भए भोलि बिहान र थप समस्या भए तत्कालै विज्ञप्ति जारी गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार