विविध कार्यक्रमसहित कण्डम दिवस
धनगढी । कैलालीमा विश्व कण्डम दिवस विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सेती अञ्चल अस्पताल, धनगढी उपमहानगरपालिका लगायत विभिन्न संघ/संस्थाको संयूक्त आयोजनामा सो दिवस मनाइएको हो ।
दिवसको अवसरमा धनगढीको त्रिनगर नाका र टीकापुरको खक्रौलामा नाकामा आवत जावत गर्ने व्यक्तीहरुलाई निःशूल्क कण्डम वितरण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक महेश चन्दका अनुसार झण्डै आठ हजार नौ सय २८ कण्डम वितरण गरिएको हो ।
यस्तै दिवसकै अवसरमा प्रजनन उमेर समुहका संक्रमितसंग अन्र्तक्रिया र यौनकर्मीहरुलाई कण्डमको सही प्रयोग र रोकथामबारे अभिमुखीकरण गरिएको उनले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य इन्चार्ज डाक्टर खगेन्द्र बम, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक महेश चन्द, स्वास्थ्यकर्मी तथा संघ÷संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।




