३ जेष्ठ २०८१, बिहीबार

महिला संघद्वारा विरोध प्रदर्शन



बझाङ । नेपाली कांग्रेसको भगिनी संगठन महिला संघ बझाङले शनिबार सदरमुकाम चैनपुरमा बिरोध र्याली निकालेका छ । विरोध ¥यालीपछि कोण सभा पनि भएको थियो ।
बिरोध ¥यालीमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर, डाक्टर गोविन्द केसीसंग भएका सम्झौता पुरा गर, हत्या हिसां बन्द गर, संसदिय सर्बोच्चता कायम गर, वाईडबडी बिमान खरिदका भ्रष्टाचारीलाई कारबाही गर आदि नारा लगाइएको थियो ।
महिला संघका जिल्ला अध्यक्ष शान्ति पुजाराको नेतृत्वमा भएको बिरोध ¥यालीमा नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजंगबहादुर सिंह, पूर्व सभापति पृथ्वीबहादुरसिंह, महिला संघका सदस्यहरू, पार्टीका नेता कार्यकर्ताहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार