२१ आश्विन २०८१, सोमबार

पुनः वर्षा र हिमपात, चिसो बढ्यो



धनगढी । पश्चिमी बायुको न्युन चापीय प्रणालीका कारण सुदूरपश्चिम लगायत देशभर वर्षा र हिमपात पुनः शुरु भएको छ ।
जम्मुकाश्मिर हुँदै बुधबार सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमको बाजुरा, दार्चुला, बझाङ लगायतका जिल्लाको उच्चभेगमा हिमपात भइरहेको छ भने बाँकी भागमा पानी परिरहेको छ ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ । गएराति  दिपायल र डडेल्धुरामा २/२ मिलिलिटर र धनगढीमा ४ मिलिलिटर वर्षा भएकाे जल तथा माैषम विभागले जनाएकाे छ । विभागले बिहिबारको सुदूरपश्चिमकाे न्युनतम तापक्रम ४ र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेकाे जनाएकाे छ ।

हिमपातका कारणा बाजुरामा सडक अवरूद्ध भएकाे छ भने चिसाेले जनजीवन समेत प्रभावित भएकाे छ ।
महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र बिहिबार बिहान काठमाडौँसम्म पुगेको जानकारी दिँदै भने, ’‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।’ यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर बिहिबार पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने बताए ।
मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । ‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ,’ मौसमविद् पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।
मौषम विभागका अनुसार पश्चिमी बायुको न्युन चापीय प्रणालीको चक्र यसपछि पनि चल्ने देखिन्छ । विभागले फागुनको पहिलो सातामा समेत वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार