नेपाली कांग्रेसद्वारा सरकारलाई जनताको पक्षमा काम गर्न सुझाव
धनगढी । नेपाली काँग्रेस नेताहरुले सरकारलाई जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् ।
सोमबार धनगढीमा आयोजित वृहत विरोध सभालाई सम्बोधन गरेका नेताहरुले जनताको इच्छा चाहनालाई कुल्च“दै निरंकुश बन्दै गएको भन्दै सच्चिन सुझाव दिएका थिए । उनीहरुले नेकपाका अध्यक्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकारले व्यवहार नसुधारे आन्दोलनको आधि ल्याउने चेतावनी दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली का“ग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले भने ‘सरकारको कामबाट अहिले जनताहरु निराश भईसकेका छन् । सच्चियर जनताका पक्षमा काम गरे सबैको साथ हुन्छ । यहि शैलीले काम गर्ने हो भने इतिहासमा रहनु होला ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास हेर्न भन्दै ‘जनताको चाहना विपरित काम गर्ने कोही व्यक्ति सत्तामा टिकेका छैनन् । राणाशासन, पञ्चायत, निरंकुश राजतन्त्र जनतालेनै हटाएका हुन ।’ उनले राणा, राजाले विपक्षीलाई निषेध गर्न नसकेको बताउ“दै ‘प्रजातन्त्रमाथि आक्रमण गर्ने कोही पनि व्यक्ती सफल हु“दैनन् ।’
प्रतिपक्षको आवाज दबाएर सरकारले मार्शलको आडमा कानुन पारित गरेको उनले बताए । उनले संविधान, बिधी, पद्धति र नियम कानुन उलंघन गरेर सरकार अधिनायकवादतर्फ जान खोजेको बताए । उनले वर्तमान सरकारबाट वैधानिक प्रक्रिया कुण्ठीत गर्ने काम एकपछि अर्को गरि भइरहेको बताए ।
केन्द्रीय सदस्य भण्डारीले प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसंग गरेको सहमति विपरित काम गरेको बताए । ‘आफै सम्झौता गर्ने र पछि जिम्मेवारी लिन नसक्ने प्रधानमन्त्रीले कसरी जिम्मेवारपूर्वक काम गर्न सक्छन्’ उनले भने ‘अहिले डाक्टर केसीले हारेका छैनन् । जनता र संसदले हारेको छ । जितेको कसैले छ भने मेडिकल माफियाले हुन् ।’
उनले सरकारले प्रदेशका सबै अधिकार संघमै राखिरहेको बताउFदै ‘कम्यूनिष्टले संघियतालाई रुचाएका छैनन् । यसलाई समाप्त गर्न खोज्दै छन् ।’
नेपाली का“ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले कम्यूनिष्टले सरकारले बहुमतको दम्भमा जनतालाई बलात्कार र हिंसा उपहार दिइरहेको बताए । ‘सरकारले वलात्कारीलाई उन्मुक्ति दिइरहेको छ जसले गर्दा देशभरी वालिकादेखि महिलामाथि बलात्कार र हिंसा बढीरहेको छ’ उनले भने । उनले सरकारले बहुमतको आ“डमा भ्रष्टाचारलाई बढावा दिएको बताए ।
नेता रावलले भने ‘जनताले बहुमत सरकार चलाउन दिएको हो । कानुन मिच्न, भ्रष्टाचारमा लिप्त हुन, जनतालाई मह“गी, करको भार थप्न दिएका हैनन् ।’
उनले प्रधानमन्त्री ओली देशको अस्मिता र भुमि गुम्दा पनि चुप बसेको बताउ“दै ‘भारतले कञ्चनपुरको गौरिफण्टा नाकामा एकपक्षीय ढंगले नाली निर्माण गर्दा पनि सरकार चुप बसेको छ ।’
पूर्वमन्त्री रामजनम चौधरीले सरकारको कामबाट जनता आक्रोश भइसकेको बताए । चौधरीले भने ‘यो त ट्रेलरमात्र हो । सरकारले व्यवहार सुधारेन भने सडकमा जनता उत्रिनेछन् र आन्दोलनको हुरी आउने छ ।’
पूर्वमन्त्री मोहनसिंह राठोरले कम्यूनिष्टको दम्लाई नियन्त्रण गर्न का“ग्रेस कटिबद्ध भएको बताए । राठोरले भने ‘यो सरकार संसदीय समितिको अपमानसंगै भ्रष्टाचारी संरक्षणमा लागेको छ ।’
उनले सरकारले राष्ट्रपतिलाई गाडि र बालुवाटरमा भवन निर्माण गर्ने निर्णय गरेको बताउ“दै ‘सवारी साधन र भवनको आवश्यकता हो तर, अहिले देशको अर्थतन्त्र डामाडोल भइरहेको समयमा सुविधा खोज्नु गलत हो ।’
नेपाली का“ग्रेस कैलाली सभापति नरनारायण शाह (मनु)को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, नेपाली का“ग्रेस महासमिति सदस्य, नगर सभापति, भातृ संगठनका अध्यक्ष तथा सदस्य, का“ग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो ।
नगर सभापति नृपबहादुर वडले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पूर्ण कु“वरले गरेका थिए ।
यसअघि नेपाली का“ग्रेस कैलालीले धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म सरकारविरुद्ध वृहत विरोध र्यालीको गरेको थियो । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा महंगी, भ्रष्टाचार र विधिप्रक्रिया मिचेर विभिन्न जनविरोधी निर्णय गरेको भन्दै केन्द्रीय कार्यक्रम अनुसार विरोध कार्यक्रम गरिएको कैलाली सभापति नरनारायण शाह मनुले बताए ।
र्यालीमा निर्मला पन्तका हत्यारालाई कारवाही, वाइडवडी खरिद प्रकरणमा भएको अनियमितताका दोषीलाई कारवाहीको माग गर्नुको साथै कांग्रेसका विरोध हु“दाहु“दै जबरजस्ती चिकित्सा शिक्षा विधेयक ल्याएको लगायतका नाराबाजी गरेका थिए ।