नल्काको खाल्डोमा डुबेर नाबालकको मृत्यु
धनगढी । नल्काको पानी जम्ने खाल्डोमा डुवेर कैलालीको गौरीगंगामा आज एक नाबालकको मृत्यु भएको छ ।
गौरीगंगा–१, लठैयामा बिहान आमाबुवा स्थानीय लाल ईटा भट्टामा काम गर्न गएको बेला खेलीरहेका नौ महिने नाबालक आरिफ मोहम्मदको मृत्यु भएको हो । भारतको पलिभिटमा पर्ने गजरौला गाउँमा बस्ने आशिक मोहम्मदको दम्पती ईटा भट्टामा काम गर्न लठैया आएका छन् ।
उनीहरुले आरिफलाई खेल्न छोडेर काम गर्न गएको बेला बच्चा खेल्दै नल्काको खाल्डोमा पुगेर डुवेको प्रहरी चौकी चौमालाले जनाएको छ । डुवेर अचेत भएका आरिफलाई चौमाला बजारस्थित स्वास्थ्य चौकी ल्याउने क्रममा बाटोमा मृत्यु भएको चौमालाका प्रहरी नायव निरीक्षक प्रहरीले विदुरबहादुर चन्दले जनाए ।
अहिले मुचुल्का तयार गरी पोष्ट मार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाउन लागिएको उनले बताए ।