१४ कार्तिक २०८१, बुधबार

जिससद्वारा स्थानीय तहका लागि रकम विनियोजन



धनगढी । जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहहरूमा भवन निर्माणका लागि रकम विनियोजन गरेको छ । जिल्ला समन्वय समिति, कैलालीले जगेडा कोषमा रहेको २३ करोड रुपैयाँमध्ये १३ करोड रुपैयाँ स्थानीय तहमा भवन निर्माणका लागि विनियोजन गरेको जनाएको छ । कैलालीका सबै १३ वटै स्थानीय तहको संयूक्त बैठकमा जिल्ला समन्वय समितिले नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका वडा कार्यालयको भवन निर्माणका लागि प्रत्येक स्थानीय तहमा एक÷एक करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
“जगेडा कोषलाई शिक्षा, स्वास्थ्य र खानेपानी योजनाका लागि विनियोजन गर्ने भनिएको छे” जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले भने– “हालका लागि हामीले गाउँ÷नगरपालिकाका वडा भवन निर्माणका लागि एक÷एक करोड रुपैया“ विनियोजन गरेका छौं ।” उनले शिक्षा, स्वास्थ्य र खानेपानीको योजना स्थानीय तहस“ग छलफल गरेर छनौट गर्ने बताउँदै ‘अति आवश्यक योजनामा बजेट विनियोजन गरिने’ जानकारी दिए ।

नदीजन्य पदार्थ उत्खनन्को नियमित अनुगमन
स्थानीय तहहरूको संयुक्त बैठकमा ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन् तथा घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समिति, कैलालीले महिनामा एक पटक नदीजन्य पदार्थ उत्खनन्को नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।
“अहिले स्थानीय तहमा जथाभावी ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न भइरहेको गुनासो बढिरहेको छ । यसले गर्दा समस्या बढीरहेको छ ।” जिल्ला समन्वय समितिका प्रमुख थापाले भने– “जथाभावी उत्खनन् रोक्न दैनिक रूपमा उपसमितिहरूलाई अनुगमन गर्ने जिम्मेवारी दिएका छौं भने महिनामा एक पटक जिल्ला समितिले अनुगमन गर्ने छ । उनले आज (मंगलबार) जिल्लाको टोलीले कैलालीका स्थानीय तहमा भइरहेको उत्खनन्को अवस्थाबारे अनुगमन गर्ने बताए । “अनुगमन समितिले शुरुमा निर्देशन दिनेछ । निर्देशनको पालना नभएमा पूर्णरूपमा रोक लगाउन सक्छ” उनले भने ।

जिल्ला पर्यटन विकास समिति
जिल्ला समन्वय समितिले कैलाली जिल्ला पर्यटन विकास समितिबाट पर्यटन सम्बन्धी गतिविधि अघि बढाइने भएको छ । कैलाली भ्रमण वर्षका रूपमा सञ्चालन भएका र आगामी दिनमा गर्नुपर्ने क्रियाकलापलाई सो समितिबाट सञ्चालन गरिने जिल्ला समन्वय समितिका संयोजक थापाले बताए । “कैलाली भ्रमण वर्ष लुज फोरम भएकाले अब यसलाई आधिकारिक फरम यो समिति बनाईएको छ” उनले भने ।
“पर्यटन भ्रमण वर्ष अन्र्तगत धेरै कार्यक्रम सञ्चालन गरेका छौं । नेपाललाई अन्र्तराष्ट्रिय जगतमा उठाउन सकिन्छ भन्ने उद्देश्यका साथ ¥याफिटङ मोडल (नमुना) का रुपमा मोहन्याल गाउँपालिका वडा नम्बर ६ को सोल्टाबाट चिसापानीसम्म (२५ किलोमिटर) को दूरीमा ¥याफिटङ कार्यक्रम गर्ने निर्णय गरेको छ” उनले एकै पटकमा १५ सय मानिसलाई ¥याफिटङ गराएर विश्व रेकर्ड कायम गर्न १३ वटै स्थानीय तह सहमत भएको बताए । उनले कैलालीको कर्णालीलाई ¥याफ्टिङ कोरिडोरका रूपमा पहिचान गरिने बताए ।
स्थानीय तहका समस्या यथावत
कैलालीका १३ वटै स्थानीय तहको समस्या यथावत रहेको शनिबारको बैठकले निष्कर्ष निकालेको छ । जिल्लामा छाडा पशुचौपायाको व्यवस्थापन, पर्यटन क्षेत्रको विकास, बेरोजगारी लगायतका समस्या यथावत रहेको जिल्ला समन्वय समिति प्रमुख थापाले बताए । उनले भने “अब स्थानीय तहलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर योजना निर्माण गरिने छ ।”
त्यस्तै, कैलालीका १३ वटै स्थानीय तहले अब सूचनाको हकलाई व्यवस्थित गर्ने भएका छन् । “स्थानीय तहले सूचनाका हकका बारेमा धेरै जानकारी नहुँदा जनगुनासाहरू बढ्दै गएको थियो” समितिका प्रमुख थापाले भने– “अब स्थानीय तहले विगतका गल्तीलाई सच्याएर अघि बढ्ने छन् ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार