१४ कार्तिक २०८१, बुधबार

हिमपात जारी, जनजीवन थप कष्टकर (भिडियोसहित)



यातायात ठप्प, बिद्युतसेवा अबरुद्ध, टेलीफोन र ईन्टरनेट सेवा समेत अबरुद्ध

बझाङ । सोमबार रातिदेखि सामान्य वर्षासँगै सुरु भएको हिमपात नरोकिदा बझाङ जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजिबन थप कष्टकर भएको छ ।

हिमपात संगै बर्षा समेत नरोकिए पछि बझाङ जिल्लामा चिसो बढ्नुका साथै यातायात, सञ्चार तथा बिद्युत सेवा समेत अबरुद्ध भएपछि जिल्लाको जनजिवन थप कष्टकर बन्दै गएको हो ।
जिल्लाका उच्च हिमाली क्षेत्र काँडा, दहवगर, सुर्मा, दौलिचौर, मेलविसौना, दाँतोला, रिलु, मष्टा, कोटदेवल, कैलास, गडराय, पाटादेवल लगायतका ठाउँमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन । दिउसो बादल लाग्ने समान्य बर्षा हुने र उच्च लेकालीभेगमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन । पछिल्लो आठ बर्ष यताको सबै भन्दा बढी हिमपात यसबर्ष भएको बुढापाकाहरु बताउँछन् ।

यसरी बाक्लो हिमपात लगातार परेपछि जिल्लाको एक मात्र जयपृथ्बी राजमार्ग पाँच दिन देखी पूर्णरुपमा अबरुद्ध भएपछि लामो तथा छोटो दुरिमा यातायात गर्ने यात्रुहरु समेत बिच बाटोमा अलपत्र परेका छन् । बैतडी र डडेल्धुरा जिल्लाका राजमार्ग भएको बिभिन्न स्थानहरुमा लगातार हिउ पर्न रोकिएको छैन ।
त्यस्तै बैतडी तथा डडेल्धुरा जिल्लाको सिमाना अनारखोलीमा बिद्युतको राष्ट्रिय प्रसारण लाईनको पोल ढलेपछि बिद्युत सेवा समेत अबरुद्ध भएको छ । बिद्युत सेवा नहुदा सदरमुकाम चैनपुर अन्धकार भएको स्थानिय ब्यापारी बिरेन्द्र सिंहले बताए । उनले भने, ‘बिद्युत सेवा नभएपछि समान्य मोवाईल चार्ज गर्न तथा दैनिक कार्यलय सञ्चालनमा समेत बाधा परेको छ ।’

वर्षासँगै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको छ । दुई दिनदेखि लागेको बादलले सौर्य प्रणाली चार्ज नहु“दा नेपाल टेलिकमको सेवा पनि प्रभावित भएको छ भने बिद्युत सेवा समेत अबरुद्ध भएको छ । सोमबार रातिदेखि नै स्काई तथा नमस्ते र लेण्ड लाइनको टेलीफोनको नेटर्वकले काम नगर्ने समस्या देखिएको सेवाग्राहीहरुको भनाई छ । सौर्य प्रणाली चार्ज नेटवर्कको सिष्टम चार्ज हुन नसक्दा टेलीफोन सेवा अबरुद्ध भएको नेपाल टेलीकम कार्यालय जनाएको छ । सौर्य सेवाबाट ब्याट्रीहरु रिचार्ज हुन नसक्दा जिल्लामा संचालित एफ.एम रेडियोको प्रसारणमा पनि असर परेको सेती सामुदायिक एफएमका स्टेशन म्यानेजर रमेश के.सीले बताए ।
दैनिक कामकाजका लागी मानिसहरु घर बाहिर निस्कन सकेका छैनन। चिसोको असर वालवालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ । चिसोका कारण लेकाली भेगमा पाँच दिनदेखि गाई, भैसी, गोरु, बाख्रा समेत चराउन नपाउदा भोक भोकै मर्ने स्थिती आएको किसानहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार