पत्रकार भण्डारीलाई मातृशोक
धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीलाई मातृशोक परेको छ ।
उपाध्यक्ष भण्डारीका आमा कलुदेवी भण्डारीको ७८ वर्षको उमेरमा बुधबार बिहान टीकापुरमा निधन भएको हो ।
पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले शोक वक्तव्य जारी गर्दै स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
अनुमोदन दैनिकले पनि स्वर्गीय भण्डारीको आत्माको चीर शान्तिको कामनासहित मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रतिश समवेदना प्रकट गर्दछ ।