फूलवारीमा सशस्त्र प्रहरीको विओपी स्थापना
धनगढी । धनगढी उपमहानगरपालिका, फूलवारीमा सशस्त्र प्रहरी बलको विओपी स्थापना गरिएको छ ।
विओपीको शुक्रबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख नागेन्द्र थापाले संयुक्त रूपमा उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले विओपी स्थापनापछि सीमामा हुने अवैध चोरी निकासी तथा सीमापार अपराधिक गतिविधिमा नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरप्रमुख वडले भने– “सीमामा हुने कुनै पनि किसिमका अपराधिक, अवांछित गतिविधि कडाईका साथ नियन्त्रण कार्यमा उपमहानगरपालिका सक्दो सहयोग गर्न तत्पर छ ।”
नगर प्रमुख वडले खुला सीमानाका कारण लागू पदार्थ, औषधको ओसारप्रसार तथा दुव्र्यशनमा निकै बृद्धि आइरहेको जनगुनासोप्रति गम्भीर हुन सशस्त्र प्रहरी बललाई आग्रह गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख (डिआइजी) थापाले सशस्त्र प्रहरी बलको सक्रियताका कारण सीमा क्षेत्रमा हुने चोरी निकासी केही हदसम्म नियन्त्रणमा आएको चर्चा गरे ।
सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख थापाले सीमामा हुने कुनै पनि किसिमको अपराध नियन्त्रणमा स्थानीयको सहयोगको निकै आवश्यकता रहने दोहो¥याए । उनले भने– “सशस्त्र प्रहरी बर्दि लगाएको प्रहरी हो, तर आम नागरिक पनि बिना बर्दिका प्रहरी हुन् ।”




