१२ बैशाख २०८२, शुक्रबार

बैतडीमा स्वास्थ्य कार्यालय उद्घाटन



बैतडी । जिल्ला स्वास्थ्य कार्यालय अब स्वास्थ्य कार्यालय भएको छ । देश संघीयमा गइसकेपछि केही कार्यालय स्थानीय तहमा गएका छन् भने केही प्रदेशमा गएका छन् । त्यसै अनुरूप जिल्ला स्वास्थ्य कार्यालय पनि अब दुई वा दुई भन्दा बढी जिल्ला हेर्ने गरी स्वास्थ्य कार्यालमा रूपान्तरण भएका छन् । बैतडी र दार्चुला हेर्ने गरी बैतडीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गरेका छन् ।प्रदेशका सबै स्वास्थ्य कार्यालयको उद्घाटनमा व्यस्त सामाजिक विकास मन्त्री सुवेदीले बैतडीको जिल्ला अस्पातल र जिल्लाको निर्माणाधिन जिल्ला स्पाताल भवनको पनि निरिक्षण गरेका छन् । यसअघि पहिले जिल्ला स्वास्थ्य कार्यालयलेनै जिल्ला स्पाताल पनि हेर्ने गर्दथ्यो अब केवल स्वास्थ्य कार्यालयले छुटै सेवा दिने छ ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य कार्यालय बैतडीले बैतडी र दार्चुला, स्वास्थ्य कार्यालय कैलालीले कैलाली र कञ्चनपुर, स्वास्थ्य कार्यालय डडेल्धुराले डडेल्धुरा, बझाङ र डोटी, स्वास्थ्य कार्यालय अछामले अछाम र बाजुरा हेर्ने गरी स्थापना गरिएका छन् । उद्घाटन कार्यक्रममा मन्त्री सुवेदीले स्वास्थ्य स्वयम् सेविकाका लागि अब वार्षिक १० हजार रकम विनियोजन गरिएको र छिट्टै स्थानीय तहलाई अखतियारी पठाउने बताए ।
कार्याक्रममा अधिकांश सबैले बैतडीका स्वास्थ्य चौकीका अस्पातालमा दरबन्दी अनुसारका कर्मचारी नभएकाले कर्मचारी पठाई दिन मन्त्री सुवेदीलाई अनुरोध गरे । कार्यक्रमा बैतडीबाट प्रदेश सदस्यद्वय लीलाधर भट्ट र प्रेमप्रकास भट्टले सामाजिक विकास मन्त्रालयले बैतडीका स्वास्थ्य सस्थाको विकास बर्थिङ सन्टर स्थापना र सुविधा सम्पन्न एम्बुलेन्स खरिदको लागि १६ करोड रकम विनियोजन गरेको बताए । अहिले कर्मचारी समायोजन प्रक्रिया अघि बढी काम भइरहेकाले केही दिनभित्रै कार्यालमा दरवन्दी अनुसारका कर्मचारी पनि आउने आसवासन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार