२० बैशाख २०८१, बिहीबार

स्टेम उत्सव मनाइदै



धनगढी । मर्सिकोर नेपाल र बेस कैलालीले आउँदो शुक्रबार धनगढीमा ‘स्टेम उत्सव’ आयोजना गर्ने भएका छन् ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका बालबालिका, तथा शिक्षक, अभिभावक र सरोकारवालाहरुको सिकाई स्थानान्तरण र जीविकोपार्जन गतिविधिमा गरेको योगदानको कदर गर्दै स्टेम उत्सव आयोजना गर्न लागेको आयोजकहरुले जनाएका हुन् ।

मर्सिकोर नेपालका कार्यक्रम म्यानेजर नविन लामिछानेले स्टेम परियोजना सञ्चालन भएका ३० वटा विद्यालय छात्रा, छात्र, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र सरोकारवाला गरी ६ सय जनाको सहभागिता रहने जनाए । उनले उत्सवमा नाटक, खेलकुद, कला, अन्तरक्रिया कार्यक्रम हुने जनाए ।
बालिका शिक्षाका लागि योगदान गरेकी पूर्वकमलहरी उर्मिला चौधरीको अनुभव शेयरिङ समेत रहने लामिछानेले बताए । उनले उत्सवमा बालिका र सरोकारवालाहरुले आफूले सिकेका शिक्षण सिकाई, उद्यमशीलता र जीवन उपयोगी सीप समेत प्रदर्शन गर्ने बताए ।
सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग (स्टेम) परियोजनाले ‘छोरी पढाऊा, गरीवि हटाऊा’ भन्ने अभियान सहित कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र टीकापुर नगरपालिका र बर्दगोरिया र कैलारी गाउापालिकाका ३० वटा विद्यालयका छ हजार दुई ६४ बालिकालाई शिक्षामा सहयोग गर्दै आएको छ ।कार्यक्रम म्यानेजर लामिछानेले विद्यालय छोडेका बालबालिकाहरुलाई अढाई लाख रुपैयाासम्म सहकारीबाट विना धितो ऋण पाउने व्यवस्था गरेको बताए । उनले सुविधा लिएर दुई सय ३५ जना बालिकाहरुले व्यवसाय गरी आफ्नो जिविकोपार्जन गर्नुका साथै आफ्ना बालबालिका तथा भाईबहिनीको शिक्षामा सहयोग गरिरहेको बताए ।
बेस कैलालीका अध्यक्ष रामरसिले चौधरीले समापन गरेको कार्यक्रम सञ्चालन बेसका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार