सामाजिक विकास मन्त्री सोडारी पदमुक्त, सुवेदी नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदमुक्त गरी कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले सोडारीले पदमा रहादा पदीय मर्यादाको पालना नगरेको अभियोगमा फिर्ता बोलाई मंगलबार नै सांसद् सुवेदीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको हो । सोडारीलाई पदमुक्त गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई सोडरीले कैलाली क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका हुन् भने सुवेदी पनि तत्कालीन नेकपा एमालेकै तर्फबाट उम्मेद्वार भई कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका हुन् ।
सुवेदीले मंगलबार नै धनगढीस्थित सामाजिक विकास मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् । उनलाई मन्त्रालयमै स्वागत गर्दै पूर्वमन्त्री सोडारी विदा भएका छन् । उनले नवनयिुक्त मन्त्री सुवेदीलाई कार्यकालको शुभकामना सहित बधाई समेत दिएका छन् ।
सोडारीले आफू पार्टीभित्रको गुटको शिकार भएको प्रतिक्रिया दिएका छन् ।