२ माघ २०८१, बुधबार

सशस्त्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता



बझाङ । शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

आज दिउसो सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।

बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यलयबाट प्रहरीको टोली, नेपाली सेना र सशस्त्र प्रहरीको टोली लागि परेको सशस्त्र प्रहरीका डीएसपी भुवनराज पन्तले बताए ।

१३ गते जिल्लाको शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली बझाङ पुगको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार