१८ आश्विन २०८१, शुक्रबार

मानव बेचबिखनको आरोपमा २ पक्राउ, १ फरार



डडेल्धुरा । मानव बेचबिखनको आरोपमा डडेल्धुरा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । डोटी सायल गाउँपालिका–५ का ३८ वर्षीय शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षीय तेजबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । एकजना फरार छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरूलाई डडेल्धुरास्थित एक होटलबाट सोमबार पक्राउ गरेका हुन् ।
सोमबार बझाङ थलाराका एक पुरुषले बझाङकै एक महिलालाई उपचार गराउन भनी बझाङबाट ललाइफकाइ डडेल्धुरा ल्याइ यहाँको एक होटलमा राखी बिक्री तथा ओसारपसार गर्न लागेको भनि प्रहरी कहाँ खबर आएपछि प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
उक्त महिलालाई ती व्यक्तिले डोटी सायल गाउँपालिका–५ बस्ने वर्ष ३८ का शेरबहादुर साउँद र ४० वर्षका तेजबहादुर साउँदको जिम्मा लगाएको र आफू फरार छन् ।
शेरबहादुर र तेजबहादुरलाई भाग्दै गरेको अवस्थामा शंका लागि प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक केसीले बताए । पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरेर उनीमाथि अनुसन्धान भइरहेको छ ।
जिल्ला अदालत डडेल्धुराबाट म्याद थप गरी दुबै माथि अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार