७ पुष २०८१, आईतवार

श्रीमानविरुद्ध बलात्कारको उजुरी



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा एक महिलाले आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी छन् ।
भाँसीकी मञ्जु बडालले आफ्ना श्रीमान डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । “हामीले मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौं” डिएसपी ओझाले भने– “मुद्दा दर्ता भएपछि सोमबार नै डम्बरलाई पक्राउ गरिएको छ ।”
मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनको भनाइ छ । अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ । सो व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार