१० श्रावण २०८१, बिहीबार

पाँच सय थान पटाका बरामद



कञ्चनपुर । सशस्त्र प्रहरी बलले (नेपाल–भारत) कञ्चनपुरको पश्चिमी सीमा क्षेत्रबाट पाँच सय थान पटका बरामद गरेको छ ।
शनिबार बिहान सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका ११ चौतिसाता क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज श्रेष्ठले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्तीका क्रममा भारतदेखि नेपालतर्फ भित्राइरहेका पटाका बरामद गरिएको बताए ।
उनका अनुसार सशस्त्र प्रहरी बलले तिहारका बेला सीमा क्षेत्रमा हुन सक्ने अपराधिक कृयाकलाप र प्रतिबन्धित वस्तु र भन्सार छलीका विभिन्न समान नेपाल भित्र्रिन सक्ने भएकाले सशस्त्रले नियमित गस्ती गरिरहेको छ । “सशस्त्रको टोली चौतिसातामा पुग्दा पटका ल्याउदै गएका व्यक्ति समान छोडेर फरार भए,” उनले भने, “छोडेर गएको समान पुरै पटका रहेछ ।”
यसैबीच शनिबार नै सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाटै भन्सार नकाटेको समान बरामद गरेको छ । हार्डवेयर, प्रिटिङ लगायतका व्यवसायिक समान समेत बरामद गरेको छ ।
झण्डै २५ हजार मूल्य पर्ने सामानको भन्सार नकाटेका कारण सशस्त्र प्रहरीले बरामद गरेको हो । तीनदिन अघि मात्रै सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरको टोलीले भारतबाट ल्याएकोसमान महेन्द्रनगरदेखि डडेल्धुरातर्फ भन्सार नकाटेको एक जिपमा कपडा तस्करी गरिरहेको अवस्थामा लालपुर क्षेत्रबाट बरामद गरेको हो । चार लाखको जिप विभिन्न प्रकृतिका ३ लाखका कपडा बरामद गरेर भन्सार चलान गरेको थियो । चाँडवाडका बेला सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्तीका साथै भारतबाट भन्सार छलीका समानमा निगरानी बढाउँदै राजस्व छली रोक्नका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार