१० श्रावण २०८१, बिहीबार

धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि भ्रमण



बाजुरा । परम्परागत मानसिकता भएका धामीझाँक्रीका लागि बाजुराको गौमुल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले अध्ययन भ्रमणका क्रममा मनोक्रान्तिका अभियन्ता विकासानन्दबाट प्रवचनका साथै पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रको भ्रमण गराइने बताए ।
भ्रमण कात्तिक १४ गतेसम्म हुने बताइएको छ । भ्रमणमा गाउँपालिकाका सबै छ वडाका दुई/दुई धामीझाँक्री तथा एक/एक जनप्रतिनिधि र कर्मचारी सहभागी छन् । पहिलो चरणमा चार महिला र १८ पुरुष गरी २२ जना सहभागी छन् ।
गौमूल गाउँपालिकाले यसअघि मेमोरी किङ मानिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो । समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह, धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौति भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार