१० श्रावण २०८१, बिहीबार

साँफेमा नियमित हवाई उडान शुरु



अछाम । हवाई सेवा बन्द भएको १३ वर्षपछि अछामको साँफेबगरमा नियमित हवाई उडान सुरु भएको छ । नेपाल वायु सेवा निगमको विमानले आईतबार पहिलो उडान भरेको छ ।
नेपालगञ्जदेखि अछामको साँफेबगरसम्मको पहिलो उडानमा १८ जना यात्रु रहेका थिए भने साँफेबगरबाट १२ जना यात्रु नेपालगञ्ज गएका छन् ।
जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको विमानले परिक्षण उडान गरेको थियो ।
२०६२ सालदेखि पूर्णरूपमा बन्द भएको साँफेबगर विमानस्थलमा नेपालगञ्जदेखि नेपाल वायुसेवा निगमले हप्तामा दुई पटक हवाई उडान भर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए ।
२०५८ फागुन ४ गते मा तत्कालीन नेकपा माओवादीले सदरमुकाम मंगलसेन तथा साँफेबगरमा गरेको भीषण आक्रमणबाट विमानस्थलको टावर पनि ध्वस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार