१० श्रावण २०८१, बिहीबार

पत्रकार खड्को खोजीका लागि ध्यानाकर्षण सहित माग



डोटी । नेपाल प्रेस युनियन, डोटीका संस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को खोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण सहित माग दोहोर्‍याइएको छ । रेडियो बुढीनन्दा एफएम, बाजुरामा कार्यरत पत्रकार खड्का गत भदौ ९ गतेदेखि सम्कर्पबिहीन अवस्थामा छन् ।
नेपाल प्रेस युनियन, डोटीले पत्रकार खड्काको खोजीका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
बाजुराको पर्यटनस्थल बुढीनन्दाको अवलोकन तथा रिपोर्टिङ गरेर फर्किने क्रममा उनी भदौ नौ गते छाप्रे भन्ने स्थानबाट बेपत्ता भएका थिए । प्रेस युनियन, डोटीका अध्यक्ष प्रकाश बमले पत्रकार खड्काको अवस्था अहिलेसम्म पनि अज्ञात रहेकाले हवाईमार्ग तथा स्थलमार्गबाट दक्ष अनुसन्धान टोली खटाएर खोजी कार्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार