१० श्रावण २०८१, बिहीबार

अरिंगालको टोकाईबाट बालकको मृत्यु



बझाङ । बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर ३, कोटीगाउँमा आइतबार अरिंगालको टोकाईबाट तीन वर्षीया बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार अरिंगालको टोकाईबाट कोटीगाउँका रणबहादुर बिष्टका छोरा कुमारको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट सोही गाउँका अन्य तीन जना बालक पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार अरिंगालको टोकाईबाट पाँच वर्षका अमित बिष्ट, चार वर्षका भरत बिष्ट र सात वर्षीया रूपा बिष्ट घाइते भएका छन् । उनीहरूको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, देउरामा उपचार भइरहेको छ ।
घर नजिकै रहेको टुँडिको रूखमा अरिगालको गोलो रहेको र बालबालिकाले खेल्ने क्रममा अरिंगालको गोलामा ढुंगाले हिर्काउदा अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार