७ पुष २०८१, आईतवार

निर्मला हत्याकाण्ड : एआइजी वस्न्यात नेतृत्वको टोली महेन्द्रनगरमा



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा प्रहरी लापरवाहीबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धिरु वस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर पुगेको छ ।

nirmala-pant
निर्मला पन्त

शुक्रबार अतिरिक्त महानिरीक्षक धिरु वस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर आइपुगेको हो ।
टोलीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटनाबारे जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतका अनुसार एआइजी वस्न्यातले घटनास्थल र निर्मलाको घर परिवारसँग पनि भेटघाट गरेका छन् । एआइजी वस्न्यातले निर्मला पन्तको शव फेला परेको स्थानको समेत स्थलगत निरीक्षण गरे ।
सुदूरपश्चिम प्रदेश र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी अधिकृतको टोलीले निर्मलाको किताब, साइकल र शव फेला परेको स्थानमा उनले स्थलगत अध्ययन गरेका थिए । उनले निर्मलाको बलात्कारपछि हत्याकाण्डका विषयमा सबैसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।
यसअघि वस्न्यातले निलम्बनमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसीलगायत निलम्बनमा परेका प्रहरी अधिकृत तथा कर्मचारीसँग सोधपुछ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार