१० श्रावण २०८१, बिहीबार

बझाङमा एक दशकपछि हवाई उडान



बझाङ । बझाङमा एक दशकपछि परीक्षण हवाई उडान भएको छ । २०३५ सालमा कच्ची विमानस्थल निर्माण भएपछि तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान गर्दै आएकोमा २०६५ सालपछि बन्द भएको थियो ।
बुधबार नेपालगञ्जबाट नेपाल एयरलाईन्सको विमान बझाङ विमानस्थलमा उत्रिएको विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक काशीराम पन्तले बताए ।
नेपाल एयरलाईन्सका अधिकृत रमेशकुमार पाण्डेका अनुसार बझाङमा यात्रुहरूको चापका आधारमा उडान तालिका निर्धारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार