१० श्रावण २०८१, बिहीबार

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरियो



बझाङ । बझाङमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । प्रहरी, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा सोमबार नष्ट गरेको छ  ।
जिल्लाको सदरमुकाम चैनपुरको भोटेटोल, डुंग्री, भोपुर र मष्टा गाउँपालिकाको समदेउ, पुरीगाउँ लगायतका स्थानबाट पाँच हजार लिटर घरेलु मदिरा बरामद  गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रविण धितालले जानकारी दिए ।
यसैबीच, जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान वीरेन्द्र क्षेत्री घाइते भएका छन् ।
केहीदिन अघि बझाङमा पूर्णरूपमा मदिरा प्रतिवन्ध गर्ने निर्णय गरिएको थियो । तर, बझाङ उद्योग वाणिज्य संघले सो निर्णय विरुद्ध उच्च अदालत दिपायलमा जाहेरी दिएको थियो । असोज ७ गते उच्च अदालत दिपायलले अर्काे आदेश जारी नभएसम्मका लागि मदिरा बन्द नगर्न र घरेलु मदिरा बरामद गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार