१० श्रावण २०८१, बिहीबार

विद्यार्थी स्वागत तथा कृषि विज्ञान प्रयोगशाला उद्घाटन



धनगढी । धनगढी नगरपालिका वडा नं. २ को सारदा माविकको विद्यार्थी स्वागत तथा कृषि विज्ञानको लाइब्रेरी र प्रयोगशाला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
माविले सोमबार एक कार्यक्रम आयोजना गरी तीन वर्षे आइएससी एजि, १८ महिने कृषि विज्ञान जेटिए र कक्षा ११ मा भर्ना भएको विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै कृषि विज्ञानको लाइब्रेरी र ल्याब उद्घाटन गरेको हो ।
सो अवसरका दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान पनि गरिएको छ । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक बिसम्बर झा र पूर्व अध्यक्ष मुक्तिनाथ ओझालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमकी धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला भट्ट मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिक्षा विद बदीनाथ भण्डारी र धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दमन चौधरी विशिष्ट अतिथि थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्लस टु संयोजक तीर्थराज पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापकहरु पदमसिंह कुँवर, यादवप्रसाद जोशी, प्रेमराज भण्डारी र त्रिलोचन उपाध्यायको समेत उपस्थिति थियो । विद्यालयको विद्यार्थीहरुले कार्यक्रममा नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार