१० श्रावण २०८१, बिहीबार

सेवाग्राहीको गुनासो संकलन



धनगढी । सदाचारका लागि सामाजिक पहल नामक संस्थाले यातायात व्यवस्था कार्यालय धनगढीमा सेवाग्राहीसँग गुनासो संकलन गरेको छ ।
कार्यालयको सेवा प्रवाहबारे सेवाग्राहीका गुनासा सुन्न बिहान १० बजेदेखि १२ बजेसम्म गुनासा संकलन गरिएको जनाइएको छ ।
संस्थाका कार्यक्रम संयोजक गगनराज घिमिरेले अधिकांश सेवाग्राहीले यातायात कार्यालयबाट समयमै सेवा पाउन नसकेको गुनासो गरेका जानकारी दिए ।
उनका अनुसार कार्यालयमै राखिएको बैंकको काउण्टरबाट भौचर काट्न सबैभन्दा बढी कुर्नुपरेको गुनासो सेवाग्राहीको थियो । ‘विचौलिया जाँदा फटाफट काम हुने, तर सेवाग्राही आफैले गर्दा काम ढिलो हुने गुनासो आयो’ उनले सवारी साधन पार्किङमा समेत समस्या भएको सेवाग्राहीको गुनासो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार