१० श्रावण २०८१, बिहीबार

प्रेस युनियन बझाङको अबिधेसन सम्पन्न



बझाङ ।  नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अबिधेसन बाट अध्यक्षमा रमानन्द जोशी सर्ब सम्मत रुपमा चयन भएका छन् ।
युनियनको दुई दिन सम्मको छलफल र परामर्श पछि निर्बतमान कार्य समितीका सचिब जोशीलाई सर्ब सम्मत रुपमा चयन गरिएको हो ।
अध्यक्षको पदका लागी जोशी र ललित सिंहको सहमती नभएपछि प्रेस यनियनका अग्रज पत्रकार र नेपाली काग्रेसका पार्टी सभापती सहितको सर सल्लाहमा निर्बतमान सचिब समेत रहेका रमानन्द जोशीले अध्यक्ष हुन पर्ने न्यायोचित र सम्मान हुने भन्दै जोशीको नाम सिफारिस गरेपछि उनी अध्यक्षमा चयन हुन सफल भएका हुन् ।
१५ सदस्यीय कार्य समिती रहेको युनियनको शाखामा उपाध्यक्ष खुल्लामा अशोक खड्का, उपाध्यक्ष महिलामा पार्वती ऐडी, सचिबमा दिनेस साउद, कोषाध्यक्षमा बिना रोकाया सहित अन्य सदस्यहरु रहेको छन् ।
यसका साथै केन्दिय पार्षदमा निर्बतमान अध्यक्ष जगदिस रोकाया सहित शैलेन्द्र रोकाया, निरनराम जोशी, शिवराज उपाध्याय, यज्ञराज उपाध्याय, नरेन्द्र खाती, सिता खड्का, पार्वती ऐडी लगायत १२ जना रहेका छन् ।
त्यसै गरि प्रदेश पार्षदका लागी जगत खड्का, दिपक भण्डारी, डिबी बिष्ट, प्रदिप मलासी, उमेश जेठारा लगायत १९ जना रहेका नवर्निचित अध्यक्ष रमानन्द जोशीले वताए । ८० जना साधारण सदस्य रहेको युनियनको चौथो जिल्ला अधिवेसनको सोमवार उद्घाटन समारोहमा व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षा साथै मर्यादीत पत्रकारीतामा जोड दिएका थिए ।
अधिवेसन सम्पन्न गर्न प्रेस युनियनका सुदुरपश्चिम संयोजक लाल ऐर र प्रतिनिधि केन्दिय सदस्य हरिस भट्ट आएका थिए । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली काग्रेस बझाङका सभापती हर्कजगं बहादुर सिंह रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार