१० श्रावण २०८१, बिहीबार

हेडमास्टर थुन्ने शिक्षक पक्राउ



धनगढी । गोदावरी नगरपालिका वडा नं. १२ को जनप्रभात माविमा प्रधानाध्यापकलाई थुनेर गाली गलौच गरेको आरोपमा सोही विद्यालयमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले बुधबार विहान सो विद्यालयका शिक्षक खगेन्द्रकुमार भण्डारीलाई गोदावरी ४ बाासकोटास्थित उनकै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भण्डारीले आफैले अध्यापन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर नेपालीलाई विद्यायलको कार्यालयमा थुनेर जातीय विभेद हुने गाली गलौच गरेको उजुरी परेपछि पक्राउ गरेको बताए ।
गोदावरी ११ निवासी प्रधानाध्यापक नेपालीलाई शिक्षक भण्डारीलाई आइतबार दिउासो कार्यालयमा थुनेर गाली गलौच गरेको प्रधानाध्यापक नेपालीले बताए । घटनाको बारेमा विद्यालयमा मंगलबार पनि छलफल भएको थियो । त्यहाा मिल्न नसकेपछि प्रधानाध्यापक नेपालीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी प्रमुख घिमिरेले शिक्षक भण्डारी विरुद्ध जातीय विभेद र शरिर बन्द गरेको अभियोगमा मुद्दा चलाएको बताए । उनले जातीय विभेद अन्तरगतको कसुर र फौजदारी कसुर अनुसार सजाय हुने बताए ।
सो विद्यालयका शिक्षकहरुले यस चौमासिकको तलब पाएका थिएनन् । शिक्षक भण्डारीले तलब माग्दै आफूलाई गाली गरेको प्रधानाध्यापक नेपालीले बताए । उनले गोदावरी नगरपालिकाले गत विहिबार मात्रै शिक्षक कर्मचरीहरुको तलबका लागि विद्यालयको खातामा रकम जम्मा गरिदिएको थियो । प्रधानाध्यापक नेपाली शिक्षा सेवा आयोग परीक्षाका लागि विदामा थिए । उनी आइतबार मात्रै विद्यालयमा हाजिर भएका थिए । ‘बुझेर तुरुन्त तलब पठाउन लगाउाछु भनेको थिएा,’ प्रधानाध्यापक नेपालीले भने– ‘तर, भण्डारीले तलब नगदमै चाहियो भनेर आक्रमण गर्न खोजे । म अफिसमै थिएा । उनले ताला लगाएर चावी लिएर घर गए । पछि फोन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बोगटी र वडा अध्यक्षलाई बोलाए । उहााहरुले दुई घण्टापछि ताला खोल्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार