१४ मंसिर २०७९, बुधबार

कञ्चनपुरमा ढिस्कोले पुरिएर बालिकाको मृत्यु



कञ्चनपुर । माटोको ढिस्कोले पुरिएर मंगलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ९ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ।
चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो।
ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्