१५ मंसिर २०७९, बिहीबार

किसानले दले वडाध्यक्षलाई कालोमोसो



बझाङ । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् ।
किसानहरूले बुङगल नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको तीन लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै मंगलबार कालोमोसो दलेका थिए ।
कृषिका लागि विनियोजन भएको साढे तीन लाख रुपैयाँमध्ये वडाध्यक्ष धामीले ५० हजार रुपैयाँको मात्र बिउविजन खरिद गरेर वितरण गरेको किसानले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्