१० श्रावण २०८१, बिहीबार

बृद्धालाई बलात्कार गर्ने युवक पक्राउ



डोटी । डोटीमा ७४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सोमबार बिहान ७ बजेतिर बडीकेदार गाउँपालिका वडा नम्बर ३ तिर गइरहेकी वृद्धालाई बोगटान गाउँपालिका वडा नम्बर १, सिमचौर पान्साघरका २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एकेन्द्रविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुब बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार