१० श्रावण २०८१, बिहीबार

नेविसंघद्वारा कञ्चनपुर वकिल कार्यालय तोडफोड



कञ्चनपुर । नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।
निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए ।
तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता भट्टले जानकारी दिए ।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार