१० श्रावण २०८१, बिहीबार

नगरको समृद्धिका लागि सञ्चार सहकार्य



कञ्चनपुर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई समृद्ध बनाउन सञ्चार माध्यमसित सहकार्यलाई निरन्तरता दिइने बताएका छन् ।
सोमबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख विष्टले नगरको विकास र समृद्धिका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने जनाए ।
उनले राजनीतिक, आरोप प्रत्यारोप, नकारात्मक कुरालाई मात्रै प्राथमिकता नदिएर विकासका लागि पत्रकारिता गर्न सुझाव दिए । उनले पत्रकारले समाजको समृद्धका लागि भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार