१५ मंसिर २०७९, बिहीबार

निर्मला हतया काण्डः आन्दोलन जारी, शैक्षिक संस्था बन्द



कञ्चनपुर । निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिनासम्म हत्यारा पत्ता लगाउन नसकेकोले दबाब दिन नेविसंघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको छ । सरकारले घटानामा संलग्न दोषिलाई पत्ता लगाएर कारवाही गर्नुको साटो संरक्षण गरेको भन्दै नेवि संघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट नाराजुलुससहित निस्किएको विरोध ऱ्यालीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । निर्मलाको न्यायका लागि आफूहरुले विरोध र दबाबका कार्यक्रमलाई निरन्तरता दिने नेवि संघ कचनपुरका जिल्ला सदस्य किशोर प्रसाद जोशीले बताए ।
यसअघि, अनुसन्धानका क्रममा प्रहरीले डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि स्थानीय अझ सशंकित बनेका छन् ।
यता, अधिकारकर्मीले समेत छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनसनलाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्