१० श्रावण २०८१, बिहीबार

एक वर्षमा न्यायिक समितिमा ६० वटा उजुरी



वौनिया । कैलालीको भजनी नगरपालिकामा गठित न्यायिक समितीमा गत आर्थिक वर्षमा उल्लेख्य मात्रामा उजुरी परेको छ । स्थानीयस्तरमै मुद्दा मामिला तथा विवाद निरुपणका लागि गठित न्यायिक समितिमा उल्लेख्य मात्रामा उजुरी परेको भजनी नगरपालिक उपप्रमुख तथा न्यायिक समिति संयोजक छाया देवकोटाले बताईन् ।
न्यायिक समिति संयोजक देवकोटाले गत आर्थिक वर्षमा भजनी नगरपालिकामा ६० वटा मुद्दा दर्ता भएको बताईन् । उनले समितिमा सामान्य किसिमका ४० वटा मुद्दा दर्ता भएका र तीमध्ये ३० वटा मुद्दाको फैसला गरिएको जानकारी दिइन् ।
त्यस्तै, चालू आर्थिक वर्ष २०७५/०७६ को तीन महिनाको अवधिमा १८ मुद्दा दर्ता भएका छन् । तीमध्ये पाँच मुद्दा मिलापत्रबाट टुंग्याइएको छ भने बाँकी प्रक्रियामा रहेका छन् ।
उनले ऐन कानून सम्बन्धी ज्ञानको अभाव तथा कानूनी सल्लाहकार नहुदा मुद्दा फैसलामा केही जटिलता आउने गरेको बताईन् ।
न्यायिक समिति संयोजक देवकोटाले न्यायिक समितिमा घरायसी विवाद, बहुविवाह, जग्गाको सिमाना सम्बन्धि विवाद, चोरी, कुटपिट जस्ता मुद्दा आउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार