१० श्रावण २०८१, बिहीबार

भजनीमा ८० प्रतिशत विकास कार्य पुरा



भजनी । भजनी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा ८० प्रतिशत विकास निर्माण कार्य पुरा भएको बताएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण पौडेलले गत आर्थिक वर्ष २०७४/०७५ मा सडक निर्माणलाई प्राथमिकतामा राखेको र सो अवधिमा नगरपालिकाभित्र २५ किलोमिटर सडक कालोपत्र भएको बताए ।
उनले नगरपालिकाले कच्ची सडकमा ग्राभेल तथा ग्राभेल भएका सडकलाई स्तरोन्नती गरे पिच गर्ने योजना बनाएको बताए । त्यस्तै, नगरपालिकाले नगर क्षेत्रमा सडकको चौडाई विस्तार गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।
उनले गत आर्थिक वर्षमा नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि विशेष ध्यान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार