१० श्रावण २०८१, बिहीबार

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस: जेष्ठ नागरिकहरूलाई सम्मान गरियो



धनगढी । २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबार धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रममा उपमहानगरपालिकाका सबै १९ वटा वडाबाट छनोट गरिएका ७० देखि एक सय बढी उमेरका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको थिो ।
उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टले सबै वडाबाट प्रतिनिधिमूलक ढंगले जेष्ठ नागरिकहरु छनोट गरिएको बताए ।
त्यस्तै, जेष्ठ नागरिक दिवसका अवसरमा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपकबहादुर थापाले आफ्नो ब्यक्तिगत खर्चमा ज्येष्ठ नागरिकलाई सम्मान गरे ।
सो अवसरमा वडाध्यक्ष थापाले वडा नम्बर ४ का आठ जना ज्येष्ठ नागरिकलाई दोसल्ला, टोपी, लौरो दिएर सम्मान गरे । सानैमा आमाबुवा गुमाएका कारण अभिभावक नपाउनुको पीडा सुनाउँदै वडाध्यक्ष थापाले भने– मैले मेला आमाबुवा सम्झेर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जमर्को गरेको हुँ ।
कार्यक्रममा महानगरपालिकाका कार्यबाहक नगर प्रमुख हिरासिंह पातलीले भने– ‘ज्येष्ठ नागरिकहरूले समाज र परिवारबाट माया तथा सम्मान पाउनु पर्दछ । उहाँहरू समाजका पथप्रर्दशक हुन्, अनुभव र इतिहास हुन् ।
सो अवसरमा ज्येष्ठ नागरिक निरञ्जन रिमालले अभिाभावकले छोराछोरीलाई असल संस्कार दिन नसके बुढेसकालमा दु:ख भोग्नुपर्ने बताए । भने– अभिभावकले आफ्ना छोराछोरीलाई पैसा कमाउने मेसिनको रुपमा मात्रै व्यवहार गर्नु उचित होइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार