१० श्रावण २०८१, बिहीबार

बझाङमा ७६ मुद्दा फछ्र्यौट हुन बाँकी



बझाङ । जिल्ला अदालत बझाङमा गत वर्ष जिम्मेवारी सरेका र यो आर्थिक वर्षमा दर्ता भएका मुद्दा गरि ७६ वटा मुद्दाहरू फछ्यौट हुन बाँकी रहेका छन् । गत वर्ष जिम्मेवारी सरिआएका मुद्दाहरूमा देवानी ११, फौजदारी २४ गरी ४५ मुद्दा सरिआएका थिए ।
यस आर्थिक वर्ष साउनदेखि असोज १२ गते शुक्रबारका दिनसम्म देवानी १३, फौजदारी २८ र पुनरावेदन तर्फ २ गरी ४३ वटा मुद्दा परेका थिए । शुक्रबारसम्म बझाङ जिल्ला अदालतको मुद्दाको विवरण हेर्दा कुल लागत ८८ वटा रहेको बताउँदै जिल्ला न्यायधीश घनेश्वर पौडेलले भने यसअघि हामीले १२ वटा मुद्दाहरू फैसला गरी सकेको हुँदा अब ७६ वटा मुद्दा फैसला हुन बाँकी रहेको छन् । शुक्रबार जिल्ला अदालत बझाङले पत्रकारहरूसँग औपचारिक कार्यक्रम गरी बझाङ जिल्लामा मुद्दाको अवस्था, कैद र जरिवानाको लगत लगायत पीडितहरूको न्यायमा पहुँच साथै फौजदारी संहिता ऐन सम्बन्धी जानकारी समेत दिएको थियो । जिल्ला अदालत बझाङ बाट मुद्दा फैसला भएका ४ सय पााच जनाको १३ सय ३३ वर्ष कैद भुक्तानी हुन बाँकी रहेको छ । जरिवाना तर्फ १० करोड ६६ लाख ९ हजार एक सय ३५ रकम बाँकी रहेको छ । मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नभएका अभियुक्तहरूको प्रहरीले खोजी रहेको पनि अदालतले जनाएको छ ।
यसका साथै फैसला कार्यान्वयनका लागि अशंबण्डा र बिगो भराउन निवेदन दिएका मध्ये जिम्मेवारी सरेका ६ वटा र यस वर्षको ५ वटा गरी ११ वटा निवेदन परेको पनि जिल्ला न्यायधीश पौडेलले जानकारी दिए । यसका साथै निवेदन परेका मध्ये २ वटा निवेदनको कार्यान्वयन भइसकेको र ९ वटा बाँकी रहेको बताएको छ । अदालतमा रहेका मुल्तबी मुद्दा तर्फ ९० वटा रहेका मध्ये १८ वटा मुलतबीबाट जगाएको र ७२ वटा मुल्तबी जगाउन बाँकी रहेको समेत अदालतले जनाएको छ ।
न्याय परिषदको तेस्रो वर्षिय रणनीतिक योजना अनुसार न्यायमा सबैको पहुँच स्थापना गर्न र न्याय सर्ब सुलभ बनाउन अदालत जनताप्रति जवाफदेही हुन थालेको हो । रणनीति योजना अनुसार जिल्ला अदालत बझाङले वार्षिक कार्ययोजना अनुसार मुद्दाका पक्षहरूसँग न्यायघिसको अन्तरक्रिया, न्यायमा पहुँच बृद्धि गर्न सरोकार बालासँग अन्तरक्रिया, पत्रकारहरूलाई अदालतमा गरिने कार्य सम्पादनको बारेमा जानकारी दिने साथै स्थानीय निकायहरूसँग तामिलदारहरूको अन्तरक्रिया गर्ने जस्ता कार्यक्रमहरू जिल्ला अदालतले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार