१० श्रावण २०८१, बिहीबार

प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम



धनगढी । प्रदेश सातको प्रदेश सभाले प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतले स्वीकृत गरेको छ ।
आज शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा सहभागी ३८ जना सत्तापक्षी संसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ कायम भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामांगले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भन्ने प्रस्तावलाई प्रदेशसभाले बहुमतले स्वीकृत गरको हो ।
प्रदेशको नाम सुदूरपश्चिम स्वीकार गरेको नेपाली कांग्रेसले राजधानी धनगढी हुनुपर्ने माग गर्दै आएको थियो । सो माग संसदबाट पास नहुने देखिएपछि कांग्रेसका सांसदहरुले बैठक शुरु भएलत्तै आफ्नो धारणा राखेर सभाहलबाट बाहिरिएका थिए । संसदमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले प्रदेशेको राजधानी ठीक ठाउँमा नभएकोले विरोध जनाएर संसद बहिस्कार रहेको जनाए ।

कांग्रेस सांसदसंगै राष्ट्रिय जनता पार्टीका सांसदले पनि संसदबाट बाहिरिएका थिए । सांसद मालामति रानाले प्रदेशको नाम र राजधानी बारे कुनै टिप्पणी नभएपनि प्रदेशको नामांकन तथा स्थायी राजधानी निर्धारण संसदीय विशेष सुझाव समितिमा राजपाका सांसदलाई नराखेको हुनाले संसद बहिस्कार गरेको जनाइन् । प्रतिपक्षी कांग्रेसका संसदहरु सभाहलबाट बाहिरिएपछि प्रदेशको राजधानी गोदावरी ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भन्ने प्रस्तावको विरुद्ध मत परेन । कांग्रेस संसद डिल्लीराज पन्तले संसद सचिवालयमा प्रदेशको राजधानी धनगढी नगरपालिका १ कायम गरियोस् भनि प्रस्ताव दर्ता गराएपनि संसद बैठकमा पेश गरेनन् ।
प्रदेशसभामा रहेका ५३ जना सदस्य मध्ये ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपामा सांसद छन् । सभामुख अर्जुनबहादुर थापाले संविधानकाे धारा २८८ काे उपधारा २ बमाेजिम उपस्थित रहेका ५२ मध्ये दुर्इ तिहार्इ पुग्न ३६ जनाकाे मत अावश्यक पर्नेमा ३८ जनाकाे मत पक्षमा परेकाेले पद्रेशकाे नाम सुदूरपिश्चम र प्रदेशकाे राजधानी गाेदावरी नगरपािलका वडा नं. २ र ४ मा पर्ने गाेदावरी भनिने ठाउँ पारित भएकाे घाेषणा गरे ।
आज शुक्रबार विहान साढे ११ बजेको बैठक कांग्रेस सांसदहरुले अबरुद्ध गरेपछि दिउँसो १ बजे बोलाइपनि दिउँसो ३ बजे पुनः शुरू भएको थियो । बैठकमा प्रदेशको राजधानी र नामको प्रस्तावमािथ बहस तथा छलफल भएपछि मतदान भएको थियो । लामाको प्रस्तावलाई संसद विरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार