१० श्रावण २०८१, बिहीबार

अवरूद्ध संसद शुरू



धनगढी । नेपाली कांग्रेस सांसदहरुको अवरोध गरेको प्रदेश सातको प्रदेश सभाको बैठक शुरु भएको छ ।
प्रदेश सातको राजधानी र नाम अनुमोदन गर्न बसेको प्रदेशसभा बैठक कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरी अरुबद्ध गरेपछि दिउँसो १ बजेको लागि बोलाइएपनि दिउँसो ३ बजेमात्रै शुरु हुन सकेको हो । सत्तापक्ष र प्रतिपक्षको छलफल चलिरहेको हुनाले दिउँसो १ बजे बोलाएको संसद बैठक ढिलो गरी शुरु भएको छ ।
प्रदेश सभामा पेश भएको प्रदेशको राजधानी र नाम बारे शुक्रबारको बैठकमा अनुमोदन गर्ने कार्यसूचि छ । कांग्रेसका सांसदहरुले प्रदेशको राजधानी धनगढीमै हुनुपर्ने अडान राख्दै आएका छन् ।
राजधानी र नामांकन निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रदेश सातको राजधानी गोदावरी वडा नं. ४ र नाम सुदूरपश्चिम प्रस्ताव गरेको छ ।

शुक्रबारको बैठकमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसदहरु मौन बसेका छन् ।
सभामुखले बैठकको शुरु गर्न खोज्दा कांग्रेसका सांसदहरुले उभिएर चुपचाप लागेका थिए । सभामुखले पटकपटक बस्न आग्रह गर्दा पनि नबसेपछि उभिनाको कारण उल्लेख गर्न कुनै एक जनालाई बोल्न समय दिएका थिए । सो समयको उपयोग गर्दै कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले गोदावरी राजधानी किन भन्दै असहमति जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार