१० श्रावण २०८१, बिहीबार

मेयर वडले आफ्नो अभिव्यक्तिप्रति आत्मसमिक्षा गरे




धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बुधबार संसद भवन अगाडि आफूले दिएको अभिव्यक्ति आक्रोशमा निस्किन भएको भन्दै आत्मसमिक्षा गरेका छन् ।
गोदावरी ४ तेघरीमा प्रदेश सातको स्थायी राजधानी बनाउने प्रस्तावको विरुद्धमा र धनगढी नै स्थायी राजधानी हुनुपर्ने माग गरी नेपाली कांग्रेस निकट युवाहरुले गरेको प्रदर्शनको नेतृत्व गर्दै मेयर वडले बुधबार २४ घण्टामा संदस भवन जलाई दिने चेतावनी दिएका थिए । अस्थायी राजधानी बनाई राज्य कोषको ठूलो रकम लगानी भइसकेको बेलामा यहाँका बासिन्दासंग सुझाव नै नलिएर प्रदेशको राजाधानी गोदावरी बनाउने प्रतिवेदन पेश गरेको भावनामा चोट पुगी सो अभिव्यक्ति निस्किन भएको वडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । प्रदेशको राजधानी गोदावी ४ स्थित जंगलमा तोकिनुमा वन तस्कर र भूमाफियाको संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार