१० श्रावण २०८१, बिहीबार

काँग्रेसको वडा भेला



लम्की । नेपाली काँग्रेस लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा भेला बुधबार लम्कीमा भएको छ ।
कार्यक्रम वडा सभापति केशव बजगाईको अध्यक्षतामा भएको थियो । भेलाको महासमिति सदस्य जनकबहादुर बमले उद्घाटन गरेका थिए ।
भेलामा वडा कार्य समितिका सदस्य प्रमानन्द अधिकारी, नेता तेजबहादुर थापा, रामशरण ढकाल, नगर सभापति रामबहादुर विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मण बटालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार