१० श्रावण २०८१, बिहीबार

खुल्ला फुटवल प्रतियोगिता हुने



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा चौथो बर्दगोरिया सेती लोकमार्ग, खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता २०७५ को आयोजना गरिने भएको छ ।
सडकपुर बौनिया युवा क्लवको आयोजनामा बुधबार बौनियामा गरिएको पत्रकार सम्मेलनमा आगामी कात्तिक ८ गतेदेखि खेल सञ्चालन हुने जानकारी दिइयो ।
फुटबल प्रतियोगितामा सात वटै प्रदेशका टिमको सहभागीता रहने छ । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी दिइयो ।
प्रतियोगितामा १४ लाख रुपैयाँ खर्च हुने क्लवका अध्यक्ष प्रकाश साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार