१० श्रावण २०८१, बिहीबार

मानव बेचबिखनको आरोपमा एक पक्राउ



बैतडी । मानब बेचबिखनको आरोपमा प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२, गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।
पक्राउ परेकी महिला ढाँटमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई विहे गर्छु भनी ललाइफकाइ भारतको बैंगलोर पु¥याई बेचबिखन गर्न खोजेको आरोप लागेको छ ।
यसअघि मंगलबार प्रहरीले सोही घटनामा संलग्न डडेल्धुरा आलिताल गाउ“पालिका–८, सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा दर्ता गरिसकेको छ ।
पक्राउ परेकी महिलाले बेच्न लागिएकी महिलालाई भारत लैजान फोन सम्पर्क गराइएको आरोप छ । यसअघि पीडित महिलाले सोमबार गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजीकार्य गरेको थियो ।
मानव बेचबिखनको आरोप लागेका डडेल्धुरा आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक अझै फरार छन् । पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी केही दिन अगाडि मात्रै ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार