१० श्रावण २०८१, बिहीबार

सुनचाँदी व्यवसायीहरूको प्रदेश स्तरीय अन्तरक्रिया



धनगढी । प्रदेश ७ का सुनचाँदी व्यवसायीहरूको सहभागितामा मंगलबार धनगढीमा प्रदेश स्तरको अन्तरक्रिया कार्यक्रम भएको छ ।
विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री बोहराले सुनचाँदी व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने बताए ।
कार्यक्रमका धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बजारमा नेपालीपनका सुनचाँदीका गहना निर्माणमा जोड दिन आग्रह गरे ।
अन्तक्र्रियामा सुनचाँदी व्यवसायीहरूले सरकारले नै सुनचाँदीमा सिण्डिकेट लगाएका कारण सानो पूँजीका व्यवसायीहरूको व्यवसाय नै धरापमा पर्ने अवस्था आएको गुनासो गरे । सहभागी व्यवसायीहरूले सरकारले ठूला र साना व्यवसायीबीच विभेद् गरिरहेको बताए । उनीहरूले सरकारले व्यवसायीहरूले माग गरेअनुसार सुन किन्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
सुनचाँदी व्यवसायी नरेन्द्र गौतमले राष्ट्र बैंकले एक किलोभन्दा कम सुन लिनेलाई सुन नदिने भएकाले सामान्य व्यवसाय गर्ने व्यवसायी मारमा पर्ने गरेकोे बताए ।
व्यवसायी ज्ञानमणि शंकरले समयमा कच्चा पदार्थ नपाउँदा सुनचाँदी व्यवसायमा समस्या आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार