१० श्रावण २०८१, बिहीबार

दिगो विकास लक्ष्यको वार्षिक दिवस




धनगढी । धनगढीमा मंगलबार दिगो विकासको लक्ष्य (२०३०) तेस्रो वार्षिक दिवस मनाइएको छ । युएनडिपीको सहकार्य र प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सो दिवस मनाईएको थियो ।
कार्यक्रमको प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका थिए । कार्यक्रम मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा मन्त्री सोडारीले दिगो लक्ष्य प्राप्त गर्न सबै क्षेत्रको सकारात्मक भुमिका आवश्यक रहेको चर्चा गरे ।
गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष भवराज रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार