१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ गठन



धनगढी । प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा कृष्णदत्त पन्त चयन भएका छन् । संघको मंगलबार बसेको बैठकले पन्तको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको जनाइएको छ ।
समितिको उपाध्यक्षमा केशवराज जोशी, सचिवमा रमेशराज भण्डारी, सहसचिवमा देवराज पनेरू र कोषाध्यक्षमा जानकी पराजुली मिश्र रहेका छन् । भने सदस्यमा पदमराज पन्त चयन भएका छन् ।
त्यस्तै, डाक्टर गुणराज अवस्थी, डाक्टर लक्ष्मीराज जोशी र नरेन्द्रसिंह कार्कीलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
नवगठित तदर्थ समितिले संघको विधान अनुरूप थप सदस्य मनोनित गर्न सक्ने व्यवस्था रहेको छ । संघको भेलाले संघ र प्रदेश स्तरमा समन्वयकारी तथा संयोजनकारी भूमिका निर्वाह गरी प्रदेशको तदर्थ समितिलाई संस्थागत विकास तथा दिगोपना कायम गर्न केन्द्रीय महासचिव हेमराज खडकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
विश्व परिवेश तथा विश्व स्वास्थ्य संगठनको दिगो विकास लक्ष्यले समेत स्वास्थ्य प्रर्वद्धन अहिलेको नया जनस्वास्थ्यका रूपमा स्थापित गरी सोही बमोजिम स्वास्थ्यका लक्ष्य तथा नीति रणनीति बनी मानसिक रोगको रोकथाम गर्ने महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको परिवेशमा स्वास्थ्य तालिम केन्द्रनै खारेजी गरेको अवस्थामा यो समूह प्रदेश स्तरमा गठन गर्नु परेको अध्यक्ष पन्तले बताए ।
केन्द्रीय महासचिव खडकाको अध्यक्षतामा भेला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार