१० श्रावण २०८१, बिहीबार

सामाजिक बाध्यताले भ्रुणहत्या– उपप्रमुख मिश्र



धनगढी । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले भ्रुणहत्याका पछाडि सामाजिक बाध्यता प्रमुख कारण रहेको बताएकी छन् ।
मंगलबार धनगढीमा महिला कानूनी विकास मञ्च र इन्टरनेशनल अलर्टले आयोजना गरेको ‘लैंगिक हिंसा र भ्रुणहत्या’ विषयक् संवाद कार्यक्रममा उपप्रमुख मिश्रले भनिन्– “कसैले पनि रहरले भ्रुणहत्या गर्दैन । हाम्रो समाजमा रहेको मूल्यमान्यताका कारण यस्ता घटना भइरहेका छन् ।”
उनले समाजमा लैंगिक विभेद् व्याप्त रहेको र समाजले छोरालाई बढी प्राथमिकता दिने तथा छोरी रहेको पहिचान हु“दा भ्रुणहत्या हुने गरेको चर्चा गरिन् ।
सो अवसरमा धनगढी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर खगेन्द्र बमले कानुनले अनिच्छित गर्भ पतनको व्यवस्था गरे पनि कानूनले तोकेको समयभन्दा बढी समय पुगेका भ्रुणको लिंग पहिचान गरेर हत्या हुने गरेका बताए ।
कार्यक्रमको सहायक महिला विकास निरिक्षक तेजु जोशीले सहजीकरण गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार