१० श्रावण २०८१, बिहीबार

एकीकृत शहरी विकास सम्बन्धी कार्यशाला



लम्की । लम्कीचुहा नगरपालिकाको एकीकृत शहरी विकास योजना तर्जुमा सम्बन्धी पूर्व योजना तर्जुमा कार्यशाला सोमबार लम्कीमा भएको छ ।
लम्कीचुहा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तगतको एकीकृत शहरी विकास योजनाका परामर्शदाता सहरी विकासविद् नारायणप्रसाद खनाल लगायतले एकीकृत शहरी विकास योजना पूर्वको काम लगायतका विषयमा जानकारी गराएका थिए ।
सहरी विकासविज्ञ खनालले नगरपालिकामा एकीकृत शहरी विकास योजना लागू भइसकेपछि नगरपालिकाको प्रोफाइल तयार गरी गुरुयोजनाका साथ विकास निमार्णका कार्य सञ्चालन गरिने बताए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले केन्द्रीय सरकारले दिएका विकास निर्माण कार्यको कार्यान्वयनको पाटो फितलो भएको बताए । उनले एक मन्त्रालयले गरेको निर्णय अर्को मन्त्रालयले उल्टाउने गरिएकाले पनि समस्या हुने गरेको बताए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार