१० श्रावण २०८१, बिहीबार

निर्माण व्यवसायी संघलाई भेट्रान फुटवल उपाधी



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघ कैलालीले प्राप्त गरेको छ ।
सोमबार भएको फाइनल खेलमा निर्माण व्यवसायी संघले अरनिको भेट्रानलाई ३–१ गोल अन्तरले पराजीत गर्दै उपाधी प्राप्त ग¥यो । निर्माण व्यवसायी संघका विनोद विष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रानका तर्फबाट मानबहादुर तामाङले एक गोल गरेका थिए ।
अरनिको खेलकुद विकास समितिद्वारा ‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित हरितालिका तीजको अवसरमा भेट्रान फुटवल खेल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार